दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने : मन्त्री भण्डारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताउनुभएको छ ।

आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र सुदूरपश्चिममा रहेका औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढ्ने बताउनुभएको हो । “सुदूरपश्चिमको विकासको ढोका खुल्ने सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन प्रधानमन्त्रीज्यू स्थलगत अवलोकनमा आउँदै हुनुहुन्छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यहाँ उत्पादन गरेको वस्तु छिमेकी मुलुक भारतमा बिक्री गर्ने बाटो खोल्ने गरी काम अगाडि बढाउँछौँ ।” उहाँले सुदूरपश्चिममा रहेका खानीको उत्खननका लागि पनि सम्भाव्यता अध्ययन गर्ने बताउनुभयो ।

“नेपाल भारत पारवहनको विषयमा पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित वस्तु निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुनेछ ।” उहाँले बेलौरीमा रहेको भन्सार सञ्चालनमा ल्याउनसमेत पहल गर्ने बताउनुभयो ।

बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरेको बताउनुभयो । “कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसाय मेलाले चलायमना हुने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो, “यो महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।” महोत्सवमा एक सय स्टलमा विभिन्न व्यावसायिक तथा कृषिउपजका सामग्री राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array