आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेकाले यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानुनमा सुधारको खाँचो औँल्याउनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन भौतिक पूर्वाधारणका आयोजना अघि बढाउँदा वातावरणीय प्रभावको पाटोमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “आयोजनालाई तीव्र गतिमा अघि बढाउन अन्तर निकायबीच समन्वय आवश्यक छ । पूर्वाधार निर्माणको गुणस्तर सुधारका लागि सबैको ध्यान जान जरुरी छ । आयोजना छनोट र स्रोत व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ ।”

उहाँले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी रणनीतिक आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “सबै स्थानीय तहका वडामास्तरीय सडक पु¥याउन, उत्पादित सामग्री बजारसम्म पु¥याउने सडक बनाउन आवश्यक, सडक यात्रालाई भरपर्दाे र सुरक्षित तुल्याउने कार्य योजना हुनुपर्छ । जनधनको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्छ ।”

मुलुकको व्यापार सन्तुलनका लागि नीति कार्यक्रम परिलक्षित हुनुपर्नेमा जोड दिँदै उहाँले सुशासन कायम गराउन सार्वजनिक सेवा चुस्त दुरुस्त हुनुपर्छ भन्नुभयो । मुलुकमा शान्तिसुरक्षा कायम गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको सुधारका लागि जनशक्ति र स्रोतमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो ।

देशका सबै खाले उत्पादनलाई विश्वविद्यालका पाठ्यक्रमसँग जोड्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सबै नागरिकलाई सरल, सुभल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमालाई तीव्ररुपमा अघि बढाउनुपर्छ, स्वास्थ्य क्षेत्र चलायमान बनाउनुपर्छ, स्वास्थ्य क्षेत्रका जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ ।”

महिला अधिकार र विकासमा देशले हासिल गरेका उपलब्धि कमी नरहेको बताउँदै उहाँले महिला र शिक्षामा भएको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । बालबालिकाको स्वास्थ्य, शिक्षा र लालनपालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले सडक बालबालिकाको सङ्ख्या निमिट्यान्न गर्न अब ढिलाइ गर्न हुन्न भन्नुभयो ।

देश र भविष्यप्रति आशावादी युवा जनशक्ति तयारमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकको अनुभव र सीपको सम्मान गर्न सुझाव दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

Array