१४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ माघ २०७९, शनिबार
2 Min Read
Aa

भक्तपुर,  सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा आज शुक्रबारबाट १४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु भएको छ । महाविद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको हिजो महाविद्यालयका व्यबस्थापन प्रमुख महासेनानी नारायणबहादुर थापा र प्रिन्सिपल दलप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । उद्घाटन सत्रमा गौरिघाटस्थित मोक्षदा स्कुल र पेप्सिकोलास्थित अक्षरा स्कुलबीच भएको पहिलो खेलमा मोक्षदाले टस जितेर अक्षरालाई ब्याटिङ् गर्ने निम्तो दियो ।

खेलमा अक्षराले २० ओभरमा चार विकेट गुमाएर ११६ रनको योगदान बनायो । ११७ रनको तार्गेट पछ्याउदै मोक्षदा स्कुलले २ विकेटको क्षतिमा ११८ रन बनाउन सफल हुदै ८ विकेटले म्याच जित्न सफल भयो । मोक्षदाका संयम नेपालले छ० बल खेलेर अभिजित ७५ रन बनाउन सफल हुदै खेलको म्यन अफ दि म्याच घोषित हुन सफल भए ।

प्रतियोगिताको दोश्रो खेलमा आयोजक सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलबीच भएको थियो । यस खेलमा डिएभीले टस जितेर ब्याटिङ् रोज्यो र १० दशमलव ५ ओभरमा १० विकेट गुमाएर जम्मा ३६ रन बनाउन सफल भयो । आयोजक सैनिक स्कूलले ६ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाई ७ विकेटले म्याज जित्यो । यस खेलमा ५ विकेट लिदै जेसन अधिकारी म्यान अफ द म्याच घोषित हुनुभयो ।

नौ स्कुलको १० वटा टिम सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म लिग चरणमा हुने र ११ औ दिनमा सेभिफाइन खेल हुने महाविद्यालयका खेलकुद विभागका संयोजक रनजित राणाले जानकारी दिनुभयो । प्रतियोगिता विजेता टिमलाई नगद रु. एक लाखसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद रु. ५० हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा म्यान अफ द म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट बलरलगायतका पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्