जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप आज हस्तान्तरण गर्नुभयो ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा राजदूत डा प्रिन्जले मन्त्री गिरीलाई तीन लाख ४५ हजार मात्रा खोप हस्तान्तरण गर्नुभएको हो । जर्मन सरकारले विभिन्न चरणमा १५ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यही फागुन १ गते तीन लाख ४५ हजार मात्रा बुस्टर डोजका लागि फाइजरको ‘बाइभ्यालेन्ट’ खोप नेपाल आएको थियो ।

मन्त्री गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले नेपालमा भूकम्प गएका बेला पनि जर्मन सरकारले सहयोग गरेकामा प्रशंसा गर्नुभयो ।

राजदूत डा प्रिन्जले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताउनुभयो । उहाँले आफूहरूले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्त खोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।–

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array