डिआइजीकै शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा अख्तियारमा उजुरी, आइजीपी बन्ने लाइनका सिंहलाई धक्का

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा  नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

सिंहले जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको दाबीसहित बुधबार अख्तियारमा उजुरी परेको हो।  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका सिंहले जन्म मिति सच्याउँदै नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरेर जागिर खाएको जिकिरसहित छानबिन गर्न अख्तियारलाई भनिएको छ।

सिंहविरुद्ध  उजु्री काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले दिएका हुन्। सिंहले उमेर पनि सच्याएको जिकिर उजुरीमा छ। उमेर सच्याएकैले उनी पदमा रहेको बताउँदै नभए ५६ वर्षे उमेर हदका कारण अवकाश भइसक्ने दाबी गरिएको छ।  डीआईजी सिंह पनि एआईजी हुँदै आईजीपीको दौडमा छन्। यही चैतमा उनकै ब्याचबाट एकजना आईजीपी हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्

Array