उच्च अदालत पाटनद्धारा दुई पाग्रे सवारी साधनमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न दिन आदेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ– अब देखि दुई प्राग्रे सवारीमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न पाइने भएको छ । उच्च अदालत पाटनले रिटको फैसला सुनाउँदै दुई पाग्रे सवारी साधनमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न दिन आदेश दिएसँगै राख्न पाउने भएको हो ।

सजिलो साथि प्रा.लिको सहकार्यमा डेविड चौधरी र आर्यन राज पाण्डेले रिट दायर गरेका थिए ।

यसअघि, मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पनि पाटपूर्जा परिवर्तन गर्ने र थप्ने क्रम बढेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रोकेको थियो ।

ट्राफिक प्रहरीले यसलाई मोडिफाईको रुपमा अथ्र्याएको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कानुनमा भएको व्यवस्था लागू गर्न लागिएको बताएको थियो ।

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था गरेको थियो ।

यातायात कार्यालय पठाएमा न्यूनतम ५ हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना लाग्ने प्रहरीको भनाई थियो ।

हाल विशेषतः पछिल्लो समय राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका थिए ।

प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनाको जोखिम पनि बढेको भन्दै कारवाही थालेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्