एक लाख बढी कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीस् नागरिक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक पक्राउ परेका छन् ।

भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छा ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array