नुवाकोट महोत्सबमा जिल्लाका कलाकारहरुमाथी र्दुव्यवहार भएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको आपत्ती

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ फाल्गुन २०७९, बिहीबार
4 Min Read
Aa

काठमाण्डौं । नुवाकोट महोत्सबमा स्थानीय कलाकार माथी आयोजकले दुव्र्यबहार गरेको भन्दै राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटले आपत्ती जनाएको छ ।
संघले हिजो काठमाण्डौंमा पत्रकार सम्मेलन गदै महोत्सबमा प्रस्तुती दिने क्रममा संघकी कोषाध्यक्ष समेत रहनुभएकी ऐलिना गुरुङलाई आयोजकले माइक खोस्ने र अपशव्द बोल्दै दुव्र्यबहार गरेको जनाएको छ । नुवाकोट महोत्सबमा प्रस्तुती दिंदै गरेकी गुरुङको माइक खोसीएको भिडियो अहिले सामाजीक सञ्जालमा भाइरल भइरहेको छ ।
संघले आयोजकहरुबाट भएको त्यस प्रकारको दुव्र्यबहारको सार्वजनीक रुपमा माफि माग्नुपर्ने माग गदै आगामी दिनमा हुने नुवाकोट महोत्सबमा जिल्लाका कलाकारमाथी सम्मान जनक व्यबहारको सुनिश्चीतता गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेशका अध्यक्ष रामहरी भण्डारीले जिल्लामा भइरहेको कार्यक्रममा जिल्लाकै कलाकारमाथी आयोजकबाट दुव्र्यबाहर हुनु दुखद रहेको बताँउदै गल्ती स्वीकार गरि कलाकारमाथी माफि नमागीए संघले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका निर्वतमान अध्यक्ष दिनेश तामाङले आयोजकहरुकै आग्रहमा आफुले जिल्लाका कलाकारहरुलाई नुवाकोट महोत्सबमा उपस्थीति गराएको बताँउदै महिला कलाकारमाथी आयोजकबाट भएको दुव्यवहारले कलाकारीता क्षेत्रमाथीनै अपमान भएको बताउनुभयो । निर्वतमान अध्यक्ष तामाङले नुवाकोट महोत्सबका आयोजकहरुले कलाकारहरुसंग अबिलम्ब माफि मागेर राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोट संग वार्तामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका बरिष्ठ उपाध्यक्ष कुमार लामाले नुवाकोट महोत्सबमा कलाकारका लागि ४० लाख रकम खर्च देखाएको बताँउदै महोत्सबमा आउने कलाकारहरुले कस्ले कति पारीश्रमीक पाए भनेर सार्वजनीक हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका उपाध्यक्ष महेन्द्रमान तामाङले महोत्सबको नाममा आयोजकहरुले कलाकारहरु देखाएर पैसा कमाउने धन्दा बढेको बताँउदै ठेकेदारी प्रथाले कलाकारीता क्षेत्रलाई छाँयामा पारेको बताउनुभयो ।
राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका प्रथम उपाध्यक्ष अर्चना स्याङतानले आफ्नै जिल्लामा भएको महोत्सबमा आयोजकबाट दुव्र्यबहारको घटना निन्दनीय रहेको बताँउदै आयोजकहरुको उदण्ड व्यवहारले नुवाकोटकै बदनाम गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटकी कोषाध्यक्ष एलिना गुरुङले नुवाकोट महोत्सबमा बोल्ने क्रममा आफुमाथी आयोजकबाट माइक खोस्ने देखि अपशव्द सम्म बोल्ने काम भएको भन्दै महोत्सबमा उदण्ड व्यवहार देखाउनेहरु माथी कारबाही हुनुपर्ने बताउनुभयो । एलिनाले भन्नुभयो “ नुवाकोट महोत्सबमा जिल्ला बाहिरबाट कलाकारसाथीहरु प्रस्तुती दिन आउनुभयो भन्नेमा हाम्रो कुनै बिरोध छैन् तर जिल्लाका साथीहरु तिमिहरु केहि हैनौ भन्ने व्यवहार आयोजकले देखाए त्यसमा हाम्रो बिरोध हो ।”
नुवाकोट महोत्सबमा निमन्त्रण दिने क्रममा आयोजकहरुले आफुहरुलाई दिँउसो १ बजे देखि २ बजे सम्म प्रस्तुतीको लागि समय तोकेपनि कार्यक्रममा उपस्थीत भएपछि साँझ मात्र समय दिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “हामी भन्दा पछि पुग्ने धेरै कलाकारहरुले प्रस्तुती दिए तर हामीलाई आयोजकले एकछिन पछि भन्दै कुराएर राखे, साँझ सम्म कुराएर त्यतीकै घर र्फकाउने आयोजकको नियत देखियो”
कार्यक्रममा प्रस्तुती दिने क्रममा आफुले कुनै अपशव्द र नराम्रा कुरा नबोलीएको बताँउदै एलिनाले आफुले बोलिएको कुराहरु सामाजीक सञ्जालमा सबैले हेर्न सकिने दावी गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका सचिब करण तामाङले कला, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको महोत्सबमा कलाकारहरुमाथीनै दुव्यवहार गरेर कस्तो खालको संस्कृतिको जगेर्ना गर्न खोजिएको भन्दै प्रश्न गर्नुभयो ।
तामाङले आयोजकले समयमानै माफि नमागेमा अझै आवाज बुलन्द गराएर आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघ, नुवाकोटका सदस्यहरु शुसिला तामाङ, शिव गोतामे, बद्री प्रसाद सिटौला र राजकुमार खनाल लगायतको उपस्थीति रहेको थियो ।

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्

Array