तारकेश्वर ८, ९ र १० मा सञ्चालीत योजनाहरुको नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा अनुगमन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिका वडा नं ८, ९ र १० भित्र सञ्चालीत बिभिन्न विकास निर्माणका कामहरुको अनुगमन गर्नुभएको छ ।

No description available.No description available.

नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिका वडा नं १० मा पर्ने मनमैजु देवी घर अगाडीको खुल्ला स्थानमा ढुंगा बिछ्याउने कामको अनुगमन गर्नुभएको छ । कुलान्छें उपभोक्ता समिति मार्फत २६ लाख ६७ हजार ७ सय ३६ रुपयाँको लागतमा निर्माण भएको उक्त आयोजनाको नगरप्रमुखले निरिक्षण गर्नुभएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ९ मानसिंह हुंदै फुटुङ जोडने बाटोमा भइरहेको विकासको कामहरुको अनुगमन गर्नुभएको छ । प्रदेश सरकारको ३७ लाख २१ हजार १५ रुपयाँको लगानीमा बासुकीनाग टोल सुधार समिति मार्फत उक्त सडकको काम भइरहेको छ ।

No description available.
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ९ को शान्ति नगर टोलको चोकमा बाटो ढलान तथा ढल स्तरोन्नतीको काम सम्पन्न भएको छ । निर्माण सम्पन्न आयोजनाको नगरप्रमुख कृष्ण हरि महर्जन सहितको प्राविधिक र जनप्रतिनिधिहरुको समुहले अनुगमन गरेको छ । आयोजनाको अनुगमन गर्ने क्रममा तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा सदस्य उज्जवल अधिकारी, वडा सदस्यहरु श्यामकृष्ण महर्जन, निर्माला मग्रान्ती, समाजसेवी कान्छा महर्जन लगायतको उपस्थीति रहेको थियो । उक्त कार्यका लागि नगरप्रमुख कृष्ण हरि महर्जनले नगरप्रमुखसंग पुर्वाधार र अन्य शिर्षकबाट रकम उपलव्ध गराइदिनुभएको तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा नं ९ का सदस्य उज्जवल अधिकारीले बताउनुभयो ।

No description available.

No description available.त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ८ को सदभाव बस्तीमा भइरहेको सडक पिचको कामको नगरप्रमुख महर्जनले अनुमगन गर्नुभएको छ । कुल १३ लाखको लागतमा ३५० मिटर सडकको पिच गर्ने काम सम्पन्न भएको तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले बताउनुभयो । अनुगमनका क्रममा नगरप्रमखु महर्जन, वडा अध्यक्ष सापकोटा सहित वडाका अन्य जनप्रतिनिधि र प्राविधिकहरुको उपस्थीति रहेको थियो ।
यि योजनाहरु मध्य धेरैजसो योजनाहरुको नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले पनि अनुगमन गर्नुभएको छ ।

No description available.

No description available.No description available.

 

प्रतिक्रिया दिनुहोस्