ओलीको दम्भले एमाले माओबादी एकता टुंगीयो,राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउने आठ दलको सहमति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ — संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले इकान्तिपुरलाई जानकारी दिए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।‘अहिले साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतले निर्णय गरेको छ,’ उपसभापति खड्काले भने ।

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array