तारकेश्वर नगरपालिकाद्धारा नगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई एकदिने कोपोमिस तालिम प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको सहकारी शाखाको आयोजनामा नगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई एक दिने कोपोमिस तालीम सम्पन्न भएको छ ।
तालिममा नगरपालिका भित्र कार्यक्षेत्र भएका २४ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । नगरपालिकाको सहकारी शाखाको आयोजनामा यस अघि २०७७ सालमा अन्य सहकारीहरुलाई यस्तै तालीम प्रदान गरिएको थियो ।
कोपोमिस सहकारी विभागको अनलाइन सिस्टम हो । तालीममा सहभागी भएका सहकारीका प्रतिनिधिहरुलाई सहकारी विभागका इन्जीनियर आमोद पुडासैनीले प्रशिक्षण दिनुभएको थियो ।
तालीमको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सहकारीले मुलुकको अर्थतन्त्रमा ठुलो योग्दान दिएको भएपनि केहि सहकारीको गलत क्रियाकलापले समाजमा सहकारी प्रति भ्रम रहेको बताँउदै टोलटोलमा सहकारी शिक्षा दिनु जरुरी रहेको बताउनुभयो ।
सहकारीले हायरपर्चेज र अनुत्पादक क्षेत्रमा लगानी गर्दामा अहिले समस्या देखापरेको बताँउदै नगरप्रमुख महर्जनले सहकारीको मर्म अनुरुप तारकेश्वरका सहकारीले ७५३ स्थानीय निकाय मध्य नमुना भएर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तालीममा सिकेको ज्ञानलाई समाज सम्म फैलाउन आग्रह गर्नुभयो । सहकारीले महिलाहरुलाई आत्मनिर्भर र रोजगारी दिन महत्वपुर्ण योग्दान दिएको बताँउदै उपप्रमुख बुर्लाकोटीले महिलाले सञ्चालन गरेका सहकारीहरु अन्यको तुलनामा सुरक्षीत र भरपर्दो रहेको दावी गर्नुभयो ।
तारकेश्वर नगरपालिकाको सहकारी शाखाको आयोजनामा सम्पन्न तालिमको उदघाटन सत्रमा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे,सहकारी शाखाका प्रमुख तिर्थराजा थापामगर सहित शाखाका कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

gfh

प्रतिक्रिया दिनुहोस्

Array