राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीद्वारा राजीनामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उहाँहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array