झापाबाट हराएकी बालिकाको काठमाडौँबाट उद्धार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौं ।  झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ । स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । “बालिकाको सुरक्षित उद्धार गरिएको छ”, सूचना अधिकारी रिजालले भन्नुभयो । चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array