प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ ।

मौसमको खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ भएको छ । भिस्तारा र इण्डिगो एयर लखनउ डाइभर्ट गरिएको छ । कतार एयरवेजको जहाज केही समय आकाशमा केही समय ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ पनि उडान सामान्य प्रभावित भएको छ । भरतपुरको दुई उडान रद्द भएको र अन्य गन्तव्यको उडान केही ‘डिले’ भएको छ ।

पश्चिमी वायुको प्रभावले मौसम बदली हुनुका साथै देशका विभिन्न स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्