उपप्रमुखको नेतृत्वमा तारकेश्वरमा बजार अनुगमन, पहिलो चरणमा सुधारका लागि मौका, दोश्रो चरण देखि कारबाही सुरु हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ फाल्गुन २०७९, सोमबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ६५ बमोजिम निर्मित स्थानिय राजश्व परामर्श समिति तथा तारकेश्वर नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७५ को दफा ४ बमोजिम गठित उपभोक्ता हित संरक्षण समितिका संयोजक तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा तारकेश्वरमा बजार अनुगमन गरिएको छ ।
आइतबार तारकेश्वर नगरपालिका वडा नं ८ को जरङखु क्षेत्रका अस्पताल, औषधी पसल, खाध्य स्टोर, रक्सीपसल, मासु पसल, मिठाइ पसल, मार्ट, स्टेशनरी लगायतका व्यवसायहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा समस्या देखिएका व्यवसायीहरुलाई अनुगमन टोलीले पहिलो पटक सुझाब र निर्देशन सहितको तत्काल सुधारका लागि मौका दिइएको र अर्को पटक पनि सोहि गल्ती गरेको फेला परेमा जरिवाना सहितको कानुनले दिएको अधिकार प्रयोग गरिने अनुगमन समितिका संयोजक एवं तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याललले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा स्थानिय वडा कार्यालयमा व्यवसाय दर्ता र नविकरण गरेर मात्र व्यवसाय सञ्चालन गर्न तारकेश्वर नगरपालिकाले यस अघि जारी गरेको ३५ दिने सुचनालाई अधिकंस व्यवसायीहरुले वेवास्ता गरिएको भेटिएको छ । अनुगमनका क्रममा ७० प्रतिशत बढी व्यवसायीहरुले वडा कार्यालयमा व्यवसाय दर्ता नगरेको तथा नविकरण नगरेको पाइएको छ । नगरपालिकाले पहिलो चरणमा सचेत गराउने अभियान स्वरुप समस्या देखिएका ठाँउमा सुधारका लागि समय दिइएको तथा अनुगमनका क्रममा म्याद गुज्रीएका सामान तथा बस्तुहरुलाई टोलीको निर्देशनमा नष्ट गर्न लगाइएको उपप्रमुख अर्यालले बताउनुभयो ।
अनुगमनको क्रममा जरंखु पुल नजिकै रहेको जरंखु बर्गर हाउस एन्ड क्रन्चीज चिकेनले वडा कार्यालमा निकै न्युन भाडा राखेर व्यवसाय दर्ता गरेको पाइएको छ । साथै दर्ता नविकरण लगायतका कागजातहरु सबैले देख्ने ठाँउमा नराखिएको भन्दै अनुगमन टोलीले व्यवसायीलाई सचेत गराएको तारकेश्वर नगरपालिकाको राजश्व शाखाका प्रमुख एवं नगरपालिकाको सुचना अधिकारी सागर अर्यालले बताउनुभयो ।
त्यस्तै जरंखुको वि.वि जे एण्ड स्टोरमा म्याद गुज्रीएका बस्तुहरु भेटिएपछि अनुगमन टोलीले सामान नष्ट गरेको अर्यालले बताउनुभयो ।

No description available.

No description available.No description available.अनुगमन टोलीले जरंखु स्थीत ग्रिनसिटी मेगा अस्पतालको अनुगमन गरेको छ । अनुगमनको क्रममा अस्पतालको ल्याबमा म्याद गुज्रीएका केमिकलहरु भेटिएपछि टोलीले केमिकल नष्ट गरेको तथा अनुगमनका क्रममा दिइएको सुझाबलाई सुधार गरेको जानकारी सहित नगरपालिकाका सम्पर्क राख्न निर्देशन दिइएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
त्यस्तै गणेश हिमाल तन्दुरीको किचेन फोहर र दुर्गन्धीत रहेको तथा फ्रिज पनि निकै फोहोर भेटिएपछि सुधार गर्न र सोको जानकारी सहित नगरपालिकाका उपस्थीति हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
त्यस्तै धर्मेन्द्र रेडिमेड फेन्सी, चाँदानी सिरक र जरंखु पुलमा रहेको काठ उद्योगले प्यानमा दर्तानै नगरी व्यवसाय सञ्चालनमा रहेको भेटिएको तथा जरंखुको युनिक स्टेशनरीले तास को समेत खुलम खुला बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले जफत गरेर नष्ट गरेको छ ।
त्यस्तै जरंखुकै हाम्रो के एफसी वडा कार्यालयमा दर्तानै नगरी सञ्चालन गरेको भेटिएको छ । साथै जरंखुकै जे.एस सपिङ सेन्टरमा केहि म्याद गुज्रीएका सामग्रीहरु भेटिएकोमा त्यसलाई नष्ट गदै तथा सेन्टरले म्याद गुज्रीएका बस्तुहरुलाई राख्ने छुट्टै स्थानको व्यवस्था गरेकोमा अबिलम्भ उक्त व्यवस्था गरी नगरपालिकामा जानकारी गराउन निर्देशन दिइएको उपभोक्ता अधिकारकर्मी तिर्थ नारायण महर्जनले बताउनुभयो ।
अनुगमनको क्रममा जरंखुको चिकेन स्टेशनले व्यवसायको सबै मापदण्ड पुरा गरेको तथा किचेन समेत निकै सफा राखेर व्यवसाय सञ्चालन गरेको देखिएपछि अनुगमन समितिका संयोजक एवं नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्यालले व्यवसायीलाई धन्यवात दिनुभएको थियो ।
अनुगमन टोलीले जरंखुको डोर्फ हेल्थकेयर, जिज्ञासा मेडिकल हल, नेश्नल एक्सपोर्ट प्रा.लिमा अनुगमन गरेको छ । डोर्फमा कागजातमा उल्लेखित फार्मेसिष्ट नभएको तथा नेश्नल एक्सपोर्टमा सम्बन्धीत व्यक्ति नभेटिएकाले आवश्यक कागजात हेर्न नपाएको अनुगमन टोलीमा संलग्न नगर स्वास्थ्य शाखाका प्रमुख शाहले बताउनुभयो ।

No description available.
अनुगमनका लागि स्थानिय राजश्व परामर्श समितिको तर्फबाट उपमेयर सहित वडा नं ११ का अध्यक्ष कविराज बस्नेत, उपभोक्ता हित संरक्षणमा क्रियाशिल समितिको तर्फबाट तिर्थनारायण महर्जन तथा सदस्य सचिब तारकेश्वर नगरपालिकाको राजश्व शाखाका प्रमुख सागर अर्याल सहितको उपस्थीति रहेको थियो भने उपभोक्ता हित संरक्षण समितिको तर्फबाट उपप्रमुख सहित तारकेश्वर नगरपालिकाको पशु शाखाका प्रमुख धनिराम यादब, स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, कृषि शाखाका प्रमुख मिना कुमारी थापा, समितिका सदस्य सचिब इश्वर अम्गाई, उपभोक्ता मञ्च तारकेश्वरका अध्यक्ष सानुबाबु महर्जन, धर्मस्थली चौकिका इञ्चार्ज दिनेश मैनाली, तारकेश्वर नगरपालिका वडा नं ८ का प्रतिनिधि लक्ष्मी काफ्ले, वडा सचिब उमा बस्नेत लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array