तारकेश्वर नगरपालिकाले निशुल्क डायलसीस सेवा सुरु गदै, डायलसीस गर्न पालो कुर्दाकुदै ज्यान गुमाउने अवस्थाको अन्त्य

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ फाल्गुन २०७९, बुधबार
7 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले मार्च ९ तारिख अर्थात फागुन २५ गते विश्व किडनी दिवसको अवसरमा निशुल्क डायसलीस सेवा सुचारु गर्ने भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ को प्राथमिक स्वास्थ्य केन्द्र साङलाबाट डायलसीस सेवा सुरु गर्न लागेको हो । नगरपालिकाले १ करोड २५ लाख रुपयाँको लगानीमा ६ वटा डायलसीस मेसिन खरिद गरेको छ । खरिद गरिएका मेसिनहरुको प्राविधिक पक्षहरु निरक्योल गरेर मेसिनहरु धमाधम फिट गर्ने काम भइरहेको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख विनोद कुमार शाहले बताउनुभयो । शाहले शनिबार सम्म सम्पुर्ण डायलसीस मेसिनहरु फिट भइसक्ने बताउनुभयो । शाहका अनुसार नगरपालिकाले फागुन २५ गते देखि सुरुवाती चरणमा उपलव्ध भएका मध्य आधा मात्र मेसिनबाट डायलसीस सेवा सञ्चालन गर्नेछ । पछि बिरामीको चाप अनुसार थप डायलसीस मेसिनहरु सुचारु हुनेछन् । डायलसीसका लागि नगरपालिकाले जनशक्ति तयारी अवस्थामा राखेको छ भने बिरामीको चाप बढन सक्ने अवस्थालाई मध्यनजन राखेर स्वास्थ्य शाखाले थप केहि स्वास्थ्यकर्मीहरुलाई तालिमका लागि पठाइसकिएको स्वास्थ्य प्रमुख शाहले बताउनुभयो । पहिलो पटक डायलसीस सेवा सुरु गर्नका लागि थोरै अन्योल भएपनि डायलसीसका निम्ती जनशक्ति अभाब नभएको शाहले बताउनुभयो । उहाँले भन्नुभयो “तत्कालका लागि डायलसीस सुरु गर्न हामीलाई जनशक्ति कम छैन्, बिरामीको चाप बढेमा बैकल्पीक व्यवस्था पनि गर्न सकिने छ” शाहले सुरुवातको चरणमा नगरपालिकाले दुई सिफ्ट गरेर डायलसीस सुरुगर्ने बताउनुभयो ।
मृगौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ । र्मिगौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन ।

No description available.
तारकेश्वर नगरपालिकाले फागुन २५ गते किडनी बचाउ अभियान सञ्चालन गरिरहनु भएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठबाट डायलसीस सेवा सुचारु गर्ने गरि प्राविधिक कामहरु अगाडी बढाइरहेको छ । श्रेष्ठले डायलसीस सेवाको तयारीको बारेमा जानकारी लिनका लागि केहिदिन अघि साङला अस्पतालको निरिक्षण समेत गर्नुभएको छ । सो अवसरमा कलाकार श्रेष्ठले आफ्नो पावन जन्म भुमि तारकेश्वर रहेको बताँउदै तारकेश्वर नगरपालिकाले पवित्र कामको सुरुवात गर्न लागेकोमा निकै खुसी लागेको बताउनुभयो । नेपालमा किडनीका बिरामीको संख्या बढेर अस्पतालले चाप थेग्नै नसक्ने अवस्था रहेको बताँउदै कलाकार श्रेष्ठले डायलसीसका लागि समय कुर्दाकुदै ज्यान गुमाउनुपर्ने किडनीका रोगीहरुलाई तारकेश्वर नगरपालिकाको यस सेवाले ठुलो राहत मिलेको बताउनुभयो ।
साङला अस्पताल पुग्नु भएका कलाकार श्रेष्ठलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहित कर्मचारी र जनप्रतिनिधिहरुले अस्पतालमा स्वागत गर्नुभएको थियो । सो अवसरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठको समेत उपस्थीति रहेको थियो । निर्देशक डा. श्रेष्ठले काठमाण्डौंको नगरपालिकाहरु मध्य तारकेश्वर नगरपालिकाले पहिलो पटक डायलसीस सुरु गर्न लागेकोमा नगरपालिका धन्यवातको पात्र रहेको बताँउदै डायलसीसका लागि प्राविधिक सहयोग चाहेमा प्रत्यारोपण केन्द्रले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

No description available.
साङला अस्पतालमा डायलसीसका लागि प्रयोग भएका ६ वटै मेसिन जर्मनीको डायटेक मेसिन हुन् । प्रत्यारोपण केन्द्र सहीत नेपालका धेरै अस्पतालमा डायलसीसका लागि सोहि मेसिन प्रयोग गरिंदै आएको छ ।
साङला अस्पतालमा बरिष्ठ कलाकार श्रेष्ठ र प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठलाई स्वागत गदै नगरप्रमुख कृष्ण हरि महर्जनले नगरवासीहरुको स्वास्थ्य सेवा प्रति तारकेश्वर नगरपालिका गम्भीर रहेको बताँउदै तारकेश्वरबासी जनताको हितका हितका निम्ती नगरपालिकाले बिभिन्न कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “म नगरबासीको सेवक हुं, म यहाँ पैसा कमाउन भन्दा पनि नगरवासीको सेवाको लागि आएको हुं, मेरो ५ बर्षे कार्यकाल नगरवासीकै हितका निम्ती रहने छ”
तारकेश्वरका नगरप्रमुख महर्जनले नगरपालिकाबाट प्राप्त भएको तलब सुविधाहरुबाट बिभिन्न परोपकारी कार्यक्रमका निम्ती खर्च गरिरहनु भएको छ । तारकेश्वर नगरपालिकाको १२ औ नगरसभामा नगरप्रमुखले आफ्नो तलब, भक्ताबाट जम्मा भएको रकम बिपन्न एक महिलालाई मेसिन खरीदका लागि सहयोग प्रदान गर्नुभएको थियो भने त्यस अघि आधा दर्जन बढी अपांगता भएका संस्थामा आश्रीत अपांगता भएका व्यक्ति र बिपन्नहरुलाई खाध्यान्न बितरण गर्नुभएको थियो । त्यस्तै नगरपालिको फोहर मैला र ढल व्यवस्थापनको दिर्घकालीन समाधानका निम्ती अबलोकन भ्रमणका लागि केहि समय अघि जापान पुग्नुभएका नगरप्रमुख महर्जनले नगरपालिकालाई आर्थिक भार नपारी भ्रमणको सम्पुर्ण खर्च आफैले व्यहोरनुभएको थियो ।

No description available.
नगरवासीको स्वास्थ्यका निम्ती नगरले गरेका केहि नमुना कामहरु :
तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि मात्र ५ करोड बढीको रकम बिनियोजन गरेको छ भने नगरपालिका भित्रका ११ वटै वडाहरुमा योगशाला निर्माणका लागि १ करोड बिनियोजन गरेको छ । त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ९ को शहरी स्वास्थ्य केन्द्रबाट यसै बर्ष बर्थीङ सेन्टर सुरु हुंदै छ । न्युन आए भएका नगरवासीहरुले सोहि बर्थीङसेन्टरबाट निशुल्क प्रसुती सेवा पाउने छन् । त्यस्तै तारकेश्वर नगरपालिका वडा नं १० मा शहरी स्वास्थ्य केन्द्रको लागि भव्य भबन निर्माण भइरहेको छ । भवन निर्माण पछि शहरी स्वास्थ्य केन्द्रमा रहेका ६ जना स्वास्थ्यकर्मीहरुले बिभिन्न सेवाहरु निशुल्क रुपमा प्रदान गर्नेछन् । त्यस्तै शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ११ बाट निशुल्क इसीजि सेवा सुरु भइसकेको छ भने अश्वगन्धा चूर्ण, हिंग्वाष्टक चूर्ण लगायतका महंगा आयुर्वेदिक औषधीहरु समेत निशुल्क रुपमा बितरण भइरहेको छ । नगरप्रमुख कृष्ण हरि महर्जनको सक्रियतामा तारकेश्वर नगरपालिकामा यसै बर्ष देखि निशुल्क रुपमा स्वास्थ्य बीमा समेत सुरु हुने अन्तिम तयारीमा रहेको छ । ५ जना सम्मको परिवारले बार्षिक रु ३५ सय तिरेर स्वास्थ्य बीमा गरेमा बार्षिक १ लाख सम्मको निशुल्क औषधी उपचार सुविधा पाउने छन् । गरीब र बिपन्न तारकेश्वर नगरवासीको लागि भने नगरपालिकाले बीमा बापतको शुल्क आफै तिरिदिने छ । त्यस्तै यसै बर्ष देखि नेपाल रेडक्रस सोसाइटी र तारकेश्वर नगरपालिका बिच सम्झौता भए अनुसार तारकेश्वर नगरबासीले रगत लिंदामा रेडक्रसलाई कुनै शुल्क बुझाउनु पर्ने छैन् । जनताले रगत लिए बापत तारकेश्वर नगरपालिकाले उक्त शुल्क रेडक्रसलाई एक मुष्ट बुझाउने गरी सम्झौता भइसहेको छ । तारकेश्वर नगरवासीको हितका निम्ती हरेक महिना रोटेसनको आधारमा वडा कार्यालयहरुमार्फत निशुल्क औषधी सहितको स्वास्थ्य शिविरहरु सञ्चालन भइरहेका छन् । तिन दिन अघि मात्र तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थली बजारमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । त्यहाँ बिभिन्न रोगका ५ सय बढी बिरामीले सेवा लिएको तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array