भारतबाट इन्धनको मुल्य घटेर आएपनि आयल निगमले मुल्य नघटाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : बुधबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा घटबढ नहुने नेपाल आयल निगम‍ले जनाएको छ।

निगमले सरकार र इन्डियन आयल कर्पोरेसनलाई अझै १६ अर्ब बक्यौता तिर्न बाँकी रहेकाले मूल्य यथावत राखिएको हो।नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको इन्धनको नयाँ लागत मूल्यअनुसार ग्यासको मूल्यमा केही वृद्धि भए पनि अरूको मूल्य घटेको हो। निगमका अनुसार पेट्रोलमा १.२१, डिजेलमा ५.०५, मट्टितेलमा ३.४०, हवाई इन्धनमा ७.०३ रुपैयाँ घटेर आएको हो। ग्यासको मूल्यमा भने ३३९.०६ रुपैयाँ बढेर आएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमलाई १५ दिनमा १५ करोड रुपैयाँ नाफा हुने छ।

null

प्रतिक्रिया दिनुहोस्

Array