तारकेश्वर नगरपालिकाका लेखा अधिकृत बाँस्कोटालाई पितृशोक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा बिगत लामो समय देखि लेखा अधिकृतको रुपमा कार्यरत खिलानाथ बाँस्कोटालाई पितृशोक परेको छ ।
अधिकृत बाँस्कोटका बुबा पदमलाल बाँस्कोटाको यहि फागुन १३ गते उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो । सन् १९९६ असोज १५ गते जन्मनु भएका बाँस्कोटा लामो समय देखि दम रोगको उपचार गराइरहनु भएको थियो । बाँस्कोटाको दुई छोरा र दुई छोरी हुनुहुन्छ । तारकेश्वरका लेखा अधिकृत बास्कोटा उहाँका कान्छो छोरा हुनुहुन्छ ।
लेखा अधिकृत बास्कोटाका पिता पदमलालको निधन प्रति तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहितले दुःख व्यक्त गर्नुभएको छ । साथै तारकेश्वर नगरपालिकाको कार्यालयले पनि एक शोक विज्ञप्ती प्रकाशीत गदै स्व बाँस्कोटाको आत्माको चिर शान्तिको कामना गदै दुख व्यक्त गरेको छ । सगरमाथा पोष्ट डट कम, अग्निवाँण पाक्षिक र शिवपुरी मिडिया नेटवर्कको तर्फबाट पनि स्व बाँस्कोटाको निधन प्रति दुःख व्यक्त गदै उहाँप्रति भावपुर्ण श्रदासुमन अर्पण गदैछौं ।

May be an image of 1 person and text

प्रतिक्रिया दिनुहोस्

Array