भोली देखि मनमैजुमा बर्थीङ सेन्टर सञ्चालनमा आउने, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतद्धारा सेन्टरको अवलोकन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । सुत्केरी गराउनको लागि प्रसुति गृह र महंगा अस्पतालमा धाउनु पर्ने बाध्यताको अन्त्य गराउनको लागि तारकेश्वर नगरपालिकाको लगानीमा मनमैजुमा बर्थीङ सेन्टर सञ्चालनमा आउने भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ मनमैजुको शहरी स्वास्थ्य केन्द्रबाट भोली शुक्रबार देखि बर्थीङ सेवा सुरु हुन लागेको हो । बर्थीङ सेन्टरमा प्रसुतिका लागि नगरपालिकाले ४ जना नर्सहरुलाई स्पेशल एसविए तालिम समेत दिएर तयारी अवस्थामा राखेको छ । साथै बर्थीङ सेन्टरका लागि आवश्यक पर्ने डेलीभरी बेड, सक्सन मेसिन, अक्सीजन मेसिन, बच्चालाई तातो बनाउने मेसिन लगायतका उपकरणहरु समेत जडान भइसकेको तारकेश्वर नगरपालिकाका नगरस्वास्थ्य प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । शाहका अनुसार प्रसुती गराउनका लागि निजी र सरकारी अस्पतालमा हुने जस्तै सबै सामानहरु बर्थीङ सेन्टरमा रहेको बताँउदै ढुक्क भएर प्रसुति सेवा लिनका लागि आग्रह गर्नुभयो ।

No description available.

May be an image of 1 person and textतारकेश्वरमा स्थानिय सरकार गठन भएपछि पहिलो पटक नगरप्रमुख कृष्ण हरि महर्जनको सक्रियतामा बर्थीङ सेन्टर सुरुहुन लागेको हो । बर्थीङ सेन्टरमा प्रसुती गराएबापत निशुल्क औषधी, न्यानो झोला र यातायातका लागि रु १ हजार भाडा पाउने छन् । न्यानो झोलामा बच्चा र आमाको लागि एक एक सेट कपडा समेत बर्थीङ सेन्टरले निशुल्क उपलव्ध गराउने छ । साथै नेपाल सरकारको मापदण्ड अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भ रहेको तेश्रो, पाँचौ, आठौं र नवौं महिना चेक गराएका महिलाले थप ८ सय समेत पाउने छन् ।

No description available.
यसै बिच, बर्थिङ सेन्टर सुरु हुनुपुर्व तयारीको बारेमा जानकारी लिनका लागि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहितले बर्थिङ सेन्टरको अबलोकन गर्नुभएको छ । अवलोकनको क्रममा तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनले भोली देखि सुरु हुने प्रसुति सेवाका लागि कुनै पनि कमि नहुनेगरि तयारी गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा उपप्रमुख सृजना बुर्लाकोटीले बर्थीङ सेन्टरको तयारीको बारेमा जानकारी लिंदै उत्कृष्ट सेवा दिनेगरि काम गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमख बिनोद कुमार शाह, साङला अस्पतालका मेसु नहकुल सुवेदी, तारकेश्वर नगरस्वास्थ्यका अधिकृत गणेंश कुंवर, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ९ का इन्चार्ज जनार्दन घिमिरे, समाजसेवी हिरा महर्जन लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array