१२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोटको कुम्भेश्वर माविबाट सहभागी सबै खेलाडीले पदक जिते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नुवाकोटमा भएको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिवपुरी गाँउपालिका ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यामिक विद्यालयबाट खेलमा सहभागी भएका सबै खेलाडीहरुले पदक जितेका छन् । खेलमा सहभागी भएका ६ जना छात्र÷छात्रा सबैले पदक जितेका हुन् ।
नुवाकोटको बिदुर स्थीत कर्भडहलमा आज भएको खेलमा कराँते तर्फ विद्यालयबाट सहभागी भएका ३ छात्र र ३ छात्रा सबैले पदक जितेका हुन् । प्रतियोगितामा कुम्भेश्वरका तर्फबाट कराँते खेलमा मात्र सहभागीता रहेको थियो ।

May be an image of 5 people, people standing and indoor
जस अनुसार कराँतेमा छात्र तर्फ ५२ केजी तौलमा राजेन्द्र तामाङले स्वर्ण र काँतामा रजत पदक जितेका छन् । कक्षा ९ मा अध्ययनरत राजेन्द्र प्रदेश स्तरिय प्रतियोगितामा सहभागिताको लागि समेत छनौट भएका छन् ।
त्यस्तै ५० केजीमा नबिन नेपालीले रजत पदक र ५० केजीमा आशिष बोहराले कास्य पदक जितेका हुन् । त्यस्तै कराँतेमा छात्रा तर्फ ५० केजी तौल समुहमा अनिसा तामाङ रजत, ४२ केजी तौलमा रोजिना सुनुवारले रजत र ४० केजी तर्फ बिपना बिसीले रजत पदक जितेकी हुन् ।
कुम्भेश्वर माध्यामिक विद्यालयमा गत ३ महिना यता प्रशिक्षक शेखर थपलियाले कराँतेमा प्रशिक्षण दिंदै आइरहेका छन् । सशस्त्र प्रहरीका पुर्व प्रशिक्षक समेत रहेका शेखर नेपालका निकै अनुभवी र बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जित्न सफल प्रशिक्षकका रुपमा चिनिन्छन् ।

May be an image of 5 people, people standing and indoor

May be an image of 8 people

sd

प्रतिक्रिया दिनुहोस्

Array