देशलाई शंकटपुर्ण अवस्थाबाट बचाउन गम्भीर निर्णय लिनुपर्ने अवस्था आएको छ : अर्थमन्त्री डा.महत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले प्राथमीकता र अत्यन्त नगरी नहुने आवश्यकता निर्धारण गरेर बजेट कार्यक्रम आँउने बताउनुभएको छ ।
नुवाकोट गोंगबु सम्पर्क समाजले नयाँ बर्ष २०८० को अवसरमा प्रकाशीत क्यालेन्डर बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले अर्थतन्त्र धेरै समस्यामा रहेको र आर्थिक स्थीति समेत खराब रहेको बताउनुभयो ।
परिवारमा अप्ठेरो परिस्थीति परेको बेलामा जे निर्णय गर्नुपदैछ, अहिले देशले पनि त्यस्तै निर्णय गर्नुपर्ने अवस्था आएको छ अर्थमन्त्री डा महतले भन्नुभयो “ बजेटका लागि आर्थिक श्रोत देश बिदेशबाट जे जुटाउन सक्छौं, त्यसलाई प्राथमीकताको आधारमा अत्यन्त नगरि नहुने कुरामा खर्च गर्ने गरि बजेट आउने छ”

May be an image of 5 people and people studyingMay be an image of 6 people

सरकारको राजश्वले साधारण खर्च कर्मचारी, सुरक्षाकर्मी, शिक्षक लगायत सामाजिक दायित्व पुरा गर्न ऋण लिनु पर्ने अवस्था आएको बताँउदै अर्थमन्त्री डा महतले फजुल खर्च गर्ने बजेट कटौती हुने बताउनुभयो ।
म अहिले जटिल समयमा देशको अर्थमन्त्री भएकोले अहिलेनै यो नै गर्छु भनेर भन्न सक्ने अवस्था छैन,अहिले मेरो दायित्व अर्थतन्त्रलाई सुधार गर्नु र देशलाई संकटबाट टार्नुनै हो अर्थमन्त्री डा महतले भन्नुभयो “ देशको आर्थिक स्थीतिमा मन्दी आएको छ, व्याजदर बढी रहेको छ, लगानीका लागि बैकबाट ऋण लिएकाहरुलाई र्फिता गर्न कठिन भइरहेको छ, बजारमा मागको स्थीति पनि कम्जोर बनेको छ जस्ले रोजगारीमा पनि समस्या ल्याएको छ, यस बिषयमा निरन्तर राष्ट्र बैकसंग मेरो कुरा भइरहेको छ र समाधान खोज्ने प्रयास जारी रहेको छ ।”
नुवाकोटको खानेपानी, सडक, पुर्वाधार र नगर विकासका आवश्यकतामा आफुले सक्ने योग्दान गर्ने प्रतिबद्धता व्यक्त गदै अर्थमन्त्री डा महतले नुवाकोटबाट काठमाण्डौं जोडने छोटो दुरीको सडक छहरे टोखा सडकका लागि यहि बर्ष खर्च गर्नेगरि ७ करोड बिनियोजन भएको बताउनुभयो ।

May be an image of 2 people
कार्यक्रममा नेपाली काँग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य बहादुर सिंह लामाले नुवाकोटको दिगो विकासका निम्ती सबै लागिपनुपर्ने बताउनुभयो । नेता लामाले रानीपौवा त्रिशुली सडक प्राविधिक कारणले छिटो पुरा हुन नसकेको बताँउदै सडकलाई चाँडो पुरा गराउन पहल भइरहेको बताउनुभयो ।

May be an image of 3 people and dais
कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका निर्वातमान सभापति जगदिश्वर नरसिंह केसीले छहरे टोखा सुरुङमार्ग नुवाकोटका लागि मात्र नभएर देशकै लागि आवश्यक रहेको बताँउदै नुवाकोटबाटै अर्थमन्त्री मुलुकले पाएको अवस्थामा सुरुङ निर्माणले पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । रानीपौवा त्रिशुली सडकलाई द्रुत गतिमा अगाडी बढाउन पुर्व मन्त्री अर्जुन नरसिंह केसीले भारतीय दुतावास मार्फत एक्जीम बैकसंग छलफल भइरहेको बताँउदै नेता केसीले तिन चरणमा ठेक्का निकालेर अव चाँडै निर्माणको काम अगाडी बढने बताउनुभयो ।
नुवाकोट गोंगबु सम्पर्क समाजका संस्थापक अध्यक्ष उत्तम अधिकारीले छहरे टोखा सुरुङमार्ग बन्न सकेमा नुवाकोट बसेर पनि काठमाण्डौंमा जागिर खानका लागि सहज हुने बताँउदै सुरुङ निर्माणका लागि ठोस काम अगाडी बढनुपर्ने बताउनुभयो ।

May be an image of 4 peopleMay be an image of 5 people and dais

May be an image of 6 people and hospitalMay be an image of 5 people and people studyingसमाजका अध्यक्ष योगेन्द्र कुमार पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामुदायीक सेवा केन्द्र गोंगबुका अध्यक्ष केदारनाथ पाठक, प्राध्यापक संघका पुर्व अध्यक्ष रामेश्वर उपाध्यय, पर्यटन व्यवसायी रामबाबु पाण्डे, संस्थाका सल्लाहकार रामकृष्ण सेढाँई, सामुदायी सेवा केन्द्र गोंगबुका सल्लाहकार तेजप्रसाद सेढाँई, नेपाली सेनाका सिनियर अधिकृत राप्रसाद अधिकारी लगायतले नयाँ वर्षको अवसरमा सुभकामना व्यक्त गर्नुभएको थियो ।

May be an image of 7 people

May be an image of 4 people

sd

प्रतिक्रिया दिनुहोस्

Array