कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी उक्त प्रस्ताव गरेको हो ।

भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्चमूल्य वृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो । तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उहाँको भनाइ छ ।

निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको सावा व्याज तिर्न नसक्ने अवस्था भएका उल्लेख गर्दै अध्यक्ष ढकालले आगामी असार मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरणको सुविधा दिन माग गर्नुभयो । बैंकको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उहाँको जोड थियो ।

सो अवसरमा गभर्नर अधिकारीले निजी क्षेत्रका सुझावलाई सकारात्मकरुपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिनुभयो । उहाँले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासङ्घका सुझाव समावेश गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array