मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।

बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ ।

सो क्षेत्र भइ आवात जावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्