काठमाण्डौं उपत्यकाका प्रमुख प्रशासकिय अधिकृतहरुको फोरमको बैठक सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं उपत्यका भित्रका स्थानिय निकायका प्रमुख प्रशासकिय अधिकृतहरुको बैठक सम्पन्न भएको छ।
टोखा नगरपालिकाको आयोजनामा शुक्रबार पार्क भिलेज रिसोर्टमा सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो । बैठकको उदघाटन गर्नुहुंदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकले निकालेको निष्कर्षले आगामी आर्थिक बर्षाको बजेट निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा उपत्यकाका सबै प्रमुख प्रशासकिय अधिकृतहरुले १५ मिनेटको समयमा आफ्नो नगरपालिकामा भएका राम्रो कामहरु, बार्षिक कार्यक्रमहरु र अनुकरणीय कामहरु सहित उपलव्धीहरु र अनुभबहरुको प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले बताउनुभयो ।

No description available.
बैठकमा नगरपालिकाहरुका साझा समस्याहरु के छन्, त्यस्ता समस्याहरु समाधान गर्न के गर्नुपर्दछ भनेर साझा रुपमा छलफल भएको डा. घिमिरेले बताउनुभयो । बैठकमा छलफल भएर निकालीएको निष्कर्षलाई सबै नगरपालिकामा सेयर गर्ने र त्यसलाई सबैले अनुकरण गर्ने बिषयमा छलफल भएको डा. घिमिरेले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृतहरुको बैठक विशेषत असार १० गते स्थानीय निकायले सार्वजनीक गर्ने आगामी २०८०÷८१ को बजेट लाई कसरी सरल बनाउने, कसरी उपयोगी बनाउने तथा जनमुखी र प्रतिफलयुक्त बनाउने बिषयमा केन्द्रीत रहेको छ ।
कार्यक्रममा विज्ञहरुले राय सुझाबहरु पनि प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array