तिन महिने कार्यतालिका पास गदै जिल्ला भलिबल संघ काठमाण्डौंको बैठक सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ असार २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । जिल्ला भलिबल संघ काठमाडौंको पूर्ण बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष शुदर्शन जमकटेलको सभापतित्वमा बसेको उक्त बैठकमा आगामी ३ महिने कार्यक्रमको तालिकालाई बहुमतले पारित गरेको छ । स्थानिय पालिका गठन, प्रतियोगीता, तालिम,सेमिनार, गोष्ठी लगायतका सम्पूर्ण विधालाई समावेश गरेर उक्त कर्यक्रम बनाइएको संघका महासचिब प्रदीप श्रेष्ठले जानकारी गराउनु भयो ।
३ उप समिति सहित अन्य एक सल्लाहकार समिति रहेको उक्त संघ मा ब.उपाध्यक्ष रामप्रसाद भट्टराई, दीपक थापा, कोषाध्यक्ष जयन्ती जोशी, एबम् अन्य सदस्य हरुमा शंकर दुलाल, प्रधुम्न न्यौपाने,विवेक घिमिरे, कृष्ण कुमार पौडेल, एबं महिला सदस्यहरुमा कृष्ण माया कार्की, रामेश्वरी ठकुराठी रहेका छन् । काठमाडौं जिल्लामा रहेका काठमाडौं महानगर सहित ११ नगरपालिकाबाट प्रतिनिधित्व रहेको उक्त संघमा जिल्ला खेलकुद विकास समिति काठमाडौं बाट २जना प्रतिनिधि गरी १३ सदस्यिय रहने जानकारी महासचिब प्रदीप श्रेष्ठले जानकारी दिनु भयो। नक्साल स्थित क्राउन प्लाजा होटलमा बसेको बैठक आगामी दिनमा निरन्तर रूपमा वस्ने जानकारी महासचिबले जानकारी दिनुभयो।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array