आफन्तको हत्या भएको भन्दै पीडित परिवारद्वारा न्यायको लागि अपिल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ असार २०८०, शुक्रबार
1 Min Read
Aa
काठमाडौँ,

दाइजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी २२ वर्षीया आरती साहको हत्या भएको भन्दै परिवारले न्यायका लागि अपिल गरेको छ । पीडित परिवारले यहाँ आज पत्रकार सम्मेलन गरी श्रीमान्सहित परिवारका सदस्य मिलेर आरतीको हत्या भएको माइती पक्षको दाबी छ ।

विसं २०७८ असार ३० गते नगराइन नगरपालिका–८ की आरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो । विवाह भएको समयदेखि नै दाइजो कम ल्याएको भन्दै आरतीलाई परिवारले मानसिक र शारीरिक यातना दिँदै आएको मृतक आरतीका माइतीको भनाइ छ ।

आरतीको हत्यामा श्रीमान् मोतिबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणुदेवी साह र देवर रवि साहको संलग्नता रहेको माइती पक्षको आरोप छ । हत्या गत जेठ ६ गते नै भए पनि जेठ ७ गते बेलुकामात्रै आफूहरूलाई जानकारी गराएको आरतीका मामा सन्तोषकुमार साहले जानकारी दिनुभयो । घटनापछि वास्तविकता लुकाएर पीडकलाई बचाउन प्रहरी प्रशासनदेखि अस्पतालसम्म लागिपरेको सन्तोषको आरोप छ ।

“यो घटना जेठको ६ गते नै घटेको हो, हामीलाई जानकारी जेठ ७ गते बेलुका ६ः२० बजे भएको हो”, मृतक आरतीका मामा सन्तोषले भन्नुभयो, “आरती साहको मृत्यु शव परीक्षणमा २४ देखि ३६ घन्टा पहिले भएको हो, आरतीको हत्या गरेर दिनभरि आफ्नै घरमा राखेर बेलुका मरेको शरीर अस्पताल पुर्याइएको हो ।”

प्रतिक्रिया दिनुहोस्

Array