तारकेश्वर नगरपालिकाको बजेट १ अर्ब ८० करोड २२ लाख, शिक्षा क्षेत्रको लागि मात्र ९ करोड बजेट बिनियोजन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ असार २०८०, सोमबार
9 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ८० करोड २२ लाख १२ हजार रुपयाँको बजेट ल्याएको छ ।
१३ औं नगरसभामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले बार्षिक नीति, कार्यक्रम तथा बजेट बक्तव्य प्रस्तुत गदै बजेट सार्वजनीक गर्नुभएको हो । नगरपालिकाले आर्थीक बर्ष २०८०/८१ का लागि चालु तर्फ ६३ करोड ४१ लाख १२ हजार र पूँजीगत तर्फ १ अर्ब १६ करोड ८१ लाख बजेट बिनियोजन गरेको छ । जस अनुसार कुल बजेटको चालु तर्फ ३५.१९ र पूँजीगत तर्फ ६४.८१ प्रतिशत बजेट बिनियोजन गरिएको हो । नगरपालिकाले ल्याएको यो बजेट गत बर्षको भन्दा झण्डै १५ प्रतिशत कम हो । गत बर्ष नगरपालिकाले २ अर्ब ६ करोडको बजेट ल्याएको थियो । १३ औं नगरसभामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले पेश गर्नुभएको उक्त बजेट सर्वसम्मत रुपमा पास भएको छ ।

May be an image of ‎2 people, dais and ‎text that says '‎"पहिचान अपनत्व अधिकार: दिगो विकासको आधार तारकेश्वर नगरपालि ดد औ भा‎'‎‎
बजेटका लागि नगरपालिकालाई संघिय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३३ करोड ८७ लाख, समपुरक अनुदान १ करोड ४० लाख, विशेष अनुदान १ करोड, जग्गा रजिष्ट्रेसन दस्तुर बापत ५५ करोड, राजस्व बाँडफाँड (भ्याट र अन्त शुल्क) बापतको ११ करोड २९ लाख ३१ हजार गरि संघिय सरकारबाट कुल १ अर्ब २ करोड ५६ लाख ३१ हजार र बाग्मती प्रदेश बाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान २ करोड २५ लाख ६८ हजार, सशर्त अनुदान २ करोड १४ लाख १२ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँड बापतको ४ करोड ५५ लाख ३५ हजार ५ सय ८५ गरि प्रदेश सरकारबाट कुल १० करोड ९५ लाख १५ हजार ५ सय ८५ रुपयाँ, नगरपालिकाको विभिन्न आन्तरीक आय समेतबाट प्राप्त हुने ३० करोड ५७ लाख ९१ हजार र अन्य आयबाट ८ करोड ६५ लाख ७४ हजार अन्य स्थानीय तहबाट ३ करोड र नगद जनसहभागिता ४ करोड गरी १ अर्ब ८० करोड २२ लाख १२ हजार बराबरको बजेटका लागि आम्दानी हुने अनुमान गरिएको छ ।

May be an image of 8 people
तारकेश्वर नगरपालिकाको १३ औं नगरसभामा नगरप्रमुख कृष्ण हरि महर्जनले आ.व २०७९/८० को बार्षिक कार्य प्रगति विवरण प्रस्तुत गदै चालु आ.व को जेष्ठ मसान्त सम्म नगरपालिकाले चालु तर्फ ६३ प्रतिशत र पूँजीगत तर्फ ४७.६४ प्रतिशत गरि कुल बजेटमा ५५.३२ प्रतिशत प्रगति भएको बताउनुभयो ।
नगरप्रमुख महर्जनले यस बर्ष सम्पन्न भएका निर्माण एवं पुनर्निमाण, सामाजिक विकास, आर्थिक विकास, संस्थागत सुशासन र बालबातावरण तथा विपद्का क्षेत्रहरुमा भएका कार्यहरुबारेमा अपेक्षाकृत सफलता मिलेको बताउनुभयो । नगरप्रमुख महर्जनले आगामी आ.व मा समेत नगरपालिकाको समष्टिगट विकास, समृद्धि र सुशासनका लागि नगरवासीको आवश्यकता, अपेक्षा र माग बमोजिम छिटो छरितो पारदर्शी र प्रभावकारी तबरले सेवा प्रवाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
आ.व २०७८÷७९ मा शिक्षामा छुट्याइएको कुल बजेटको ०.०५५ बजेटलाई आव २०७९/८० मा बृद्धि गरी कुल बजेटको ४.३० प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा बिनियोजन गरेको बताँउदै नगरप्रमुख महर्जनले समादायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि स्मार्ट डिजिटल बोर्डहरु जडान गरी प्रविधिमैत्री सिकाईको थालनी गरिएको बताउनुभयो ।
नगरपालिकाले आधारभुत शिक्षा परिक्षा कक्षा ८ लाई मर्यादित, प्रभावकारी र उदेश्यमुलक ढंगबाट सम्पन्न गरिएको बताँउदै नगरप्रमुख महर्जनले नगरस्तरीय कक्षा ८ को परिक्षामा समुदायिक विद्यालय पृथ्वीनारायण मा.वि नगरपालिका भित्रकै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।
नगरप्रमुख महर्जनले नगरपालिका भित्र देखिएका खानेपानीको अभावलाई न्यूनिकरण गर्न हाल सञ्चालनमा रहेका खानेपानीका आयोजनाहरुको अलावा अन्य सवै वडाहरुमा खानेपानी आपूर्ति गर्न खानेपानी आयोजनाहरुलाई आवश्यक व्यवस्था गरिने बताउनुभयो ।
शिक्षित नागरिक,सभ्य नगर अभियान अन्तर्गत एक वडामा एक सार्वजनीक पुस्तकालय सञ्चालनमा ल्याइने बताँउदै नगरप्रमुख महर्जनले जेष्ठ सम्मान जेष्ठ ज्ञान कार्यक्रम अन्तर्गत ज्येठ नागरिकहरुको ज्ञान,सीप र अनुभबलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि जेष्ठ नागरिक विद्यालय स्थापना गरि सञ्चालन गरिने बताउनुभयो ।

May be an image of 4 people, dais and text
त्यस्तै विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नगरपालिका भित्रका ५०० भन्दा बढी विद्यार्थी संख्या भएका मा.वि सामुदायिक विद्यालयहरुमा एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार गरिने नगरप्रमुखले बताउनुभयो ।
नगरवासीहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराउन तारकेश्व्र नगरपालिका ६ स्थीत धर्मस्थलीमा नगरस्तरीय अस्पताल निर्माण गर्ने कार्यक्रमको थालनी गर्ने बताँउदै नगरप्रमुख महर्जनले नगरपालिका अन्तर्गतका प्रसुती सेवा सञ्चालन भएका स्वास्थ्य केन्द्रहरुबाट प्रसुती तथा बथीङ सेवा लिने महिलाहरुलाई प्रसुती पोषण कार्यक्रम बापत हाल सम्म प्रतिव्यक्ती रु ३ हजार उपलव्ध गराइएकोमा आमागी बर्ष देखि प्रतिव्यक्ती रु ५ हजार र बच्चालाई न्यानो कपडा उपलव्ध गराइने बताउनुभयो ।

May be an image of 1 person, flower and text that says 'तारकेश्वर ््लर.वर अधिकार: नगरपालिका 93 औ'
नगरसभामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले बार्षिक नीति, कार्यक्रम तथा बजेट बक्तव्य प्रस्तुत गदै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गरी प्राविधिक शिक्षालाई जोड दिदैँ थप शैक्षिक गुणस्तर ल्याउनका लागि संस्थागत विद्यालयहरुसँग आवश्यक समन्वय र सहकार्य गरिने बताउनुभयो ।

May be an image of 3 people, dais and text
गतबर्ष कुल बजेटको ४.३० प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा बिनियोजन गरेर अग्रणी नगरपालिकाको रुपमा चिनिएको तारकेश्वर नगरपालिकाले अन्य क्षेत्रमा बजेट कटौति गरेपनि शिक्षा क्षेत्रमा गतबर्षकै हाराहारीमा बजेट बिनियोजन गरेको छ ।
उपप्रमुख अर्यालले बजेट कार्यक्रम प्रस्तुत गदै आगामी आ.वमा शुद्ध खानेपानी सहितको एक घर एक धाराको नीतिलाई तथा करको दर घटाउने दायरा बढाउने नीतिलाई निरन्तरता दिईने बताउनुभयो ।
त्यस्तै नगरवासीको स्वास्थ्यलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन गरिने, नगरपालिकाको न्याय निरुपणको कार्यलाई सरल, सहज र चुस्त दुरुस्त बनाईने, नगर क्षेत्र भित्रमा रहेका सरकारी, सार्वजनिक, पर्ति जग्गाहरुको संरक्षण गरिने, विपद् संवेदनशील पूर्वाधार निर्माणमा जोड दिईने, दिगो विकास, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा जोड दिईने बताउनुभयो ।
उहाँले तारकेश्वरका ऐतिहासिक एवम, मौलिक पुरातात्वीक सम्पदाको संरक्षण, धार्मिक, पर्या पर्यटन क्षेत्र प्रवर्द्धन, कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण गर्न, स्थानीय रोजगारका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रहरुसँग सहकार्य गर्ने र श्रमिक सहायता कक्षको स्थापना गरी आर्थिक विकास तथा गरीबी न्यूनीकरणमा जोड दिईने बताउनुभयो ।
त्यस्तै विद्युतीय सेवा प्रवाह प्रणालीलाई थप सुदृढ गर्दै संस्थागत विकास र सुशासनमा योगदान पुर्याईने, विद्यालयहरुको शिक्षक दरवन्दी मिलान कार्यलाई प्रभावकारी रुपमा अगाडी वढाइने , लैंगिक समानता, अपाङ्गतामैत्री र सामाजिक समावेशीकरणमा योगदान पुर्याईने उपप्रमुख बुर्लाकोटीको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं ६ का संघिय संसद शिशिर खनालले तारकेश्वर नगरपालिकाको समृद्धिका निम्ती आफ्नो सदैब साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं क्षेत्र न. ७ का संघीय सांसद गणेश पराजुली, संविधान सभा सदस्य एवं पूर्व रक्षामन्त्री श्री भीमसेनदाश प्रधान प्रदेश सभा सदस्य हरिप्रभा खड्गी, काठमाडौँ प्रदेश नं ६ प्रदेश सभा सदस्य अमन मास्के लगायतले नगरसभाको सफलताको कामना गर्नुभएको थियो ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले स्वागत मन्तब्य राख्दै तारकेश्वरकोे समृद्धि र विकासमा नगरपालिका लागि परेको बताँउदै त्यसका निम्ती सबैतिरबाट साथ र सहयोग हुनुपर्ने बताउनुभयो । डा.घिमिरेले स्थानिय सरकारको आफनो मुल्य र मान्यतामा रहेर विनियोजत् रकमलाई सहि सदुपयोग गराउन लागि पर्ने बताउनुभयो ।
नगरसभामा संविधान सभा सदस्य एवं पूर्व शहरी विकास राज्यमन्त्री राम मानन्धर, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक वैद्यनाथ उपाध्याय, जिल्ला समन्वय समितिका उप प्रमुख शान्ति पाण्डे, उच्च अदालतका पाटनका न्यायधीश एवं राष्ट्रिय न्यायिक प्रतिष्ठानका फ्याकल्टि टेकनारायण कुँवर,जिल्ला अदालत काठमाडौंका न्यायधीश एवं राष्ट्रिय न्यायिक प्रतिष्ठानका फ्याकल्टि डा. रमेश रिजाल, प्रहरी वृत्त बालाजुका प्रमुख मनोजीत कुवँर, नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख जय कुमार यादव, जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्याल , पूर्व नगर प्रमुख रामेश्वर बोहरा नेपाल सरकारका पूर्व सह–सचिव केदार बोगटी,पूर्व नगर उप–प्रमुख भवानी डोटेल धिताल, नेपाली कांग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेस क्षेत्र नं.७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, नेपाली कांग्रेस क्षेत्र नं. ६ ख का प्रदेश सभापति विष्णुभक्त तिमिल्सिना सहित अन्य दलका प्रतिनिधिहरु, नगरपालिकाका वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य तथा, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, संस्थागत विद्यालय अन्तर्गत प्याब्सन र एनप्याब्सन प्रतिनिधिहरू, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरुहरू, पत्रकार, सुरक्षाकर्मी लगायत नगरबासीहरूको उपस्थिति रहेको थियो ।
जितपुर फेदीमा जन्मनु भएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नगरबासी सम्मानबाट सम्मान गरिएको थियो भने तारकेश्वरको बिभिन्न क्षेत्रमा रहेर योग्दान दिनुहुने शिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीना, मनमैजु माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक भक्तमान महर्जन, कान्छा महर्जन, ध्रुवराज थापा, प्रथम विक्रम थापा, श्रीधर राज खडका लगायतलाई समेत नगरपालिकाले सम्मान गरेको थियो ।
नगरसभामा तारकेश्वर नगरपालिकाका उत्कृष्ट कर्मचारीको रुपमा योजना शाखा तथा राजश्व शाखाका प्रमुख सागर अर्याललाई नगद सहित सम्मान गरिएको थियो ।

May be an image of 2 people, dais and text

dfdsf

dsf

प्रतिक्रिया दिनुहोस्

Array