नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,  इक्वेस्ट्रियनमा राजकर्णिकार
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार सर्वसम्मत चयन गरेको छ ।
नवराज सिलवालले वरिष्ठ उपाध्यक्ष, प्रकाशजंग कार्की र रमेशमान मल्लले उपाध्यक्ष, लोकजंग लामाले महासचिव, राममाया तामाङले सचिव तथा प्रेमबहादुर मोक्तानले कोषाध्यक्षको जिम्मेवारी पाए । मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ सदस्यमा चयन भए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array