काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा भ्यान खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  चन्द्रगिरी नगरपालिका(४ पानीघाट भन्दा माथि हिमचुली भन्ने ठाउँमा बा।१० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक समेत २ जनाको मृत्यु भएको छ । चालक २० वर्षीय नमराज भएको बताइएपनि हालसम्म दुवै जना मृतकको एकिन नाम, थर, वतन खुल्न सकेको छैन ।
काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ओभर स्पिड भई रोडबाट खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array