नेपाल रेमिट र कुवेतको अमान एक्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, कुवेतबाट रेमिट्याट्यान्स् भित्राउन अझ सहज

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ ।  विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै कुवेतमा रहेका नेपालीहरूलाई नेपाल रेमिट मार्फत नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एल का तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेल ले हस्ताक्षर गर्नुभयो ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो ‘ कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । कुवेतमा रहनुभएका नेपानीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ’ ।
नेपालको पुरानो र विश्वसनिय नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । साथै नेपाल रेमिटका नेपालभर रहेका हजारौ रेमिट्यान्स एजेन्ट नेटवर्क मार्फत समेत सहजै रेमिट्यान्स् प्राप्त गर्न सक्नुहुनेछ । नेपाल रेमिटले हरेक समय विश्वका अग्रणी रेमिट कम्पनीहरुसँग र नेपालका बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिनु भयो ।
अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो । १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यस कम्पनीले कुवेतभर फैलिएका शाखाहरूका साथै प्राविधिक रूपमा उन्नत प्लेटफर्महरू मार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array