नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेका छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहकोछ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array