पोखरा किङ्स लाउन्जले नक्कली लोगो र ट्रेडमार्क प्रयोग गर्दै ब्यक्ती देखी बैंक सम्मलाई ठगी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ श्रावण २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं, काठमाडौंको दरवार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि को ट्रेडमार्क प्रयोग गरी पोखरामा सञ्चालन गरिएको किङ्स लाउन्ज बन्द गर्न उद्योग विभागले आदेश दिएको छ । काठमाडौंस्थित किङ्स लाउन्जले मुद्दा दायर गरेपछि विभागले पोखराको किङ्स लाउन्जलाई बन्द गर्न पत्राचार गरेको हो ।

किङ्स लाउन्ज काठमाडौंमा चलेकोमध्ये एक चर्चित पारिवारिक रेष्टुरेन्ट हो । काठमाडौं किङ्स लाउन्जले आफ्नो लोगो नाम र ट्रेडमार्क हुबहु नक्कल गरी गैरकानूनी रुपमा पोखरामा किङ्स लाउन्ज सञ्चालन गरेको आरोप लगाउँदै विभागमा मुद्दामा हालेको हो ।

उसले ‘नेपालमा दर्ता रहेको ट्रेडमार्कको अधिकार एवं ख्यातिको संरक्षण गर्न पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ बमोजिम विभागमा मुद्दा हालेको हो ।

विभागको कानून शाखाका प्रमुख दीपक घिमिरेले पोखरामा काठमाडौंको किङ्स लाउन्जको हुबहु नक्कल गरी लोगो, नाम र लेबल राखेर सञ्चालन गरिएको पाइएपछि बन्द गर्न पत्रचार गरेको जानकारी दिए ।

‘पोखराको किङ्स लाउन्जले बाटोको म्यादसमेत गरेर २१ दिनमा केही प्रमाण भए पेस गर्न सक्छ । नत्र, पोखराको किङ्स लाउन्ज सञ्चालन गर्न पाउँदैन’, उनले भने ।

पोखराको किङ्स लाउन्जले बुटवल, इटहरी र नेपालगञ्जमा समेत शाखा खोल्न अनुमति दिने गरेको पाइएको छ । ५० लाखसम्ममा शाखा बिक्री गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार दुबइमा समेत करिब २ महिनाअघि मात्रै किङ्स लाउन्जको नाममा थकाली होटल खोलिएको छ ।

प्राप्त जानकारी अनुसार उक्त नक्कली लोगो प्रयोग गरेर किङ्स लाउन्ज पोखरा, किङ्स होटल राजकुटी, साथै किङ्स स्टार रेस्टुरेन्ट भनेर दुबई मा पनि संचालन गरेको पाईएको छ ! ४२-४५ लाख सम्म प्रति शेयर मुल्यमा किनबेच हुँदै गरेको नक्कली किङ्स पछिल्लो समय सुन तस्करी बिभिन्न निकायका सरकारी कर्मचारी तथा भु-माफियाको समेत लगानीमा अर्काको लोगो नाम चोरि गरेर देशै भरि शाखा संचालन गर्ने अभियानमा रहेको देखिएको छ !

नक्कली लोगो नाम तथा ट्रेडमार्क को ब्रान्ड देखाएर बिभिन्न बैंक तथा बित्तिय संस्था बाट मात्रै २५-३० करोड लोन लिएको देखिन्छ ! अरु कम्पनिको नक्कली नाम लोगो ट्रेडमार्क देखाएर करौडौं ठक्दा बैंक समेत झुक्किएको देखिन्छ !

हाल किङ्सको नाम लोगो ट्रेडमार्क नक्कल गर्ने मुख्य योजनाकारका रुपमा चिनिएका पात्र अपराध माहाशाखा तथा अख्तियारबाट अबकास प्राप्त हवल्दार ध्रुब के.सि जो अपराध माहाशखामा रहँदा सुन तस्कर गोरे सँग कल डिटेल्स दुरुपयोग गरेको आरोप तथा सम्पत्ति सुद्धिकरण अनुसन्धानमा समेत तानिएका हवल्दार हुन ! कुनै पैत्रिक सम्पत्ति नभएका ओखलढुंगा स्थायी बासिन्दा हवल्दार माहाशखा र अख्तियार बाट अबकास हुँदा २०औं करोड को मालिक भएर अबकास भएको बताइन्छ !

बिभिन्न कम्पनीको नाम लोगो ट्रेडमार्क नक्कल गरेर नयाँ-नयाँ कम्पनि खडा गर्दै ठक्दै हिंड्ने उक्त हवल्दारले बुढी रोजिना भण्डारी के.सि को नाममा बिभिन्न कम्पनी, बैंक संस्थामा शेयर लगानी तथा थुप्रै जिल्लामा जग्गा जमिन समेत जोडेको बताइन्छ ! करौडौ पर्ने गाडी चढेर हिंड्ने हवल्दार बनस्थलीको अलिशान महलमा बस्ने गरेको पाईन्छ !

प्रतिक्रिया दिनुहोस्

Array