डेंगीको संभावना कम गर्न मन्दिर परिसरमा औषधि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

 काठमाडौ, डेंगीको संभावना कम गर्न मन्दिर परिसरमा औषधि तिब्रगतिमा फैलिरहेको डेंगी रोगको माहामारीलाई मध्यनजर गरी नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पुरुषोत्तम मास मेला परिसरमा लामखुट्टे लगायत अन्य घातक जिवाणु नष्ट गर्न औषधि (धुवा) हालेकाे छ। धार्मिक पर्यटकीय क्षेत्र चन्द्रागिरी ९ मच्छेनारायणमा लाग्ने मेलामा समितिले औषधि छर्केको हो । डेंगी संक्रमण फैलन सक्ने संभावनालाई कम गर्न समितिले पानी जम्ने, ओसिलो र लामखुट्टे हुनसक्ने संम्भावित ठाउँमा औषधि छर्केको हो । ‘समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै हामीले यो कार्यक्रम गरेको हो ।’ समितिका सदस्य अरबिन रूपाखेतिले भने, – ‘आगामी दिनमा पनि यस्ता विभिन्न कार्यक्रम गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

Array