वैद्यको संयोजकत्वमा टेबटेनिस संघको तदर्थ समिति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं,चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरिएको छ । ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेका छन् ।
सदस्यमा धर्ममान वज्राचार्य, कुवेरप्रकाश सिंह, शंकर गौतम, विनोद शाक्य, अनिल घिमिरे, सञ्जय अर्याल, राजेनद्रबहादुर दुलाल, तेजेन्द्र महरा, जयन्त बाँस्तोला, शिवसुन्दर गोथे, इन्दिरा गुरुङ, नवीनबहादुर सिंह, पुरुषोत्तम वज्राचार्य, नवीन शाक्य, अनुज बानियाँ, पूर्णशंकर श्रेष्ठ, ज्याकी महर्जन, अर्जुनकुमार कार्की, सुजिता मानन्धर, धिरज शाह, दीपक सापकोटा, निकेश श्रेष्ठ, प्रज्ज्वल मैनाली, कविन सुवाल, गोबद्र्धन श्रेष्ठ, ध्रुव पालिखे, सागर महर्जन, महेन्द्र लिगल, गेहेन्द्र ढकाल र डा. विजय सैजु छन् ।

सेब र एक्सेल्सियरको जित
सेब र द एक्सेल्सियर स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
सेबले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ५२–२७ ले पराजित ग¥यो । सेबको जितमा धीरज जोराले १३ अंक योगदान गरे । रुसिप मुनिकारको १५ अंक सहयोगमा एक्सेल्सियरले एस्फोडेललाई ३६–१७ ले हरायो ।
सिनियर ब्वाइजमै हार्टल्यान्डले न्यु जेनिथलाई ३१–२१ तथा हेम्सले एलआरआईलाई ६४–५३ ले पाखा लगाए । हार्टल्यान्डका विकास भण्डारीले १९ तथा हेम्सका हेमन्त राजवंशीले ३४ स्कोर गरे ।
जुनियर ब्वाइजमा श्री नवीन ज्योतिले ग्रिनफिल्ड ‘बी’ लाई १८–१३, ग्रिनफिल्ड ‘सी’ ले बाल दीक्षालाई १९–१६, स्वप्न वाटिकाले नेपाल पुलिस स्कुललाई १८–१२ र इडेन ब्रिज एकेडेमी (इबीए) ले न्यु जेनिथलाई १२–६ ले पन्छाए । श्री नवीन ज्योतिका शंसांक गिरीले ६, ग्रिनफिल्ड ‘सी’ का मोहित ओडेले ६, स्वप्ना वाटिकाका मन्दिपले १३ र इबीएका आदित्यले ७ अंक जोडे ।
सिनियर गल्र्समा संस्कृतिले न्यु जेनिथलाई ३४–१४ तथा इबीएले आदित्यलाई १२–३ ले पराजित गरे । संस्कृतिकी सर्मद्धि शाहले ८ तथा इबीएकी मेणुका मगरले ७ अंक बटुले ।

प्रतिक्रिया दिनुहोस्

Array