अवैध लागूऔषधसहित चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित पर्सा बहुदरमाई नगरपालिका-२ बस्ने २३ वर्षीय चन्दन कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले ना.६ ख ९३६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ४१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-१९ बस्ने २१ वर्षीय अशोक राई र सोही उपमहानगरपालिका-२० बस्ने २१ वर्षीय विश्वराज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 कैलाली, टीकापुर नगरपालिका-४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-२ बन्दिपुर बस्ने २९ वर्षीय अशोक थापा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।      सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array