प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  सहायक रथी श्री गणेश कुमार श्रेष्ठलाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०८० भाद्र ०१ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । उहाँ नेपाल सरकारको मिति २०८० श्रावण ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएको हो । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्री श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त हुनुभएको छ ।  दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका उपरथी श्री श्रेष्ठको परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

Array