एसिया रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं, नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ ।
दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो । नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो । शनिबार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।
समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार बेहो¥यो । अब नेपालले पाँचौं स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् । यता, महिलातर्पm पनि डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले तीन खेलमा नै हार बेहारेको छ । नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।
महिलातर्पm लिगमा प्राप्त अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ । पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार बेहो¥यो । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो । तेस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो । यद्यपि, बाँकी आइतबार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ ।
दुई दिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array