विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निः शुल्क

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

चितवन, चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निः शुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निः शुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल ९साधारण० शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो । पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निः शुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निः शुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array