दुई दिवसीय पृतनापति समन्वयात्मक बैठक-२०८० जंगी अड्डामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं-  सञ्चालन हुने दुई दिवसीय पृतनापति समन्वयात्मक बैठक-२०८० जंगी अड्डामा शुरु भएको छ । बैठकमा उद्‍घाटन मन्तव्य राख्‍नु हुँदै प्रमुख अतिथी माननीय उपप्रधान मन्त्री तथा रक्षामन्त्री श्री पूर्ण बहादुर खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माननीय खड्काले संविधानतः राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी प्राप्त नेपाली सेनाले अन्य सुरक्षा निकाय लगायतका सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आईरहेको बताउनु भयो । उहाँले नेपाली सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याईरहेको योगदानबाट प्राप्त उपलव्धी र ख्यातीको प्रशंसा गर्नुभयो ।

 यसका साथै उहाँले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रहरुको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रुपमा रहेको साईबर स्पेश सुरक्षार्थ नेपाली सेनाबाट लिईएका पहल तथा नेपाल सरकारलाई प्राप्त राय सुझावका लागि आभार व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना लगायत विभिन्न सडक करिडोरहरुको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधिसम्मत एवं गुणस्तरीय ढंगले निर्धारित समयमा

प्रतिक्रिया दिनुहोस्

Array