मनमैजु महिला विद्यालयलाई तारकेश्वरकै नमुना महिला विद्यालय बनाँउछौं :नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ भाद्र २०८०, मंगलवार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिका वडा नं ९ डाँडागाँउ स्थीत मनमैजु महिला विद्यालयलाई तारकेश्वर नगरपालिकाकै नमुना महिला विद्यालय बनाउने बताउनुभएको छ ।

No description available.
हरितालीका तिजको अवसरमा विद्यालयमा आयोजीत तिज विशेष कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले महिला विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेपछि अर्को महिला विद्यालयमा पढन जानुपर्ने अवस्थालाई अन्त्य गदै आफ्नो कार्यकाल भित्रै यहि विद्यालयबाट एसईई दिने माहोल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “ तपाँईहरु यस विद्यालयमा अध्ययन मात्र गरिरहनु भएको छैन्, पढाइलाई उमेरले छेक्दैन भन्ने सन्देश समेत दिइरहनु भएको छ, म खुसी छु, म निर्वाचीत भएर आएपछि पहिलो पटक यस विद्यालयमा प्रवेश गरेको दिनको याद छ, यस विद्यालको सुधारका लागि मैले आवश्यक बजेटहरु पनि बिनियोजन गदै आइरहेको छु, भोलीका दिनमा पनि यहाँ चाहिने जुन सुकै कुराका लागि तारकेश्वर नगरपालिकाले सहयोग गर्न तयार छ”
विद्यालय सरस्वतीको मन्दीर भएकाले यहाँ कुनै राजनैतिक गन्ध आउनु नहुनु बताँउदै नगर प्रमुख महर्जनले भन्नुभयो “विद्यालयको कम्पाउण्ड भित्र तपाँईहरु विद्यार्थी हो, यहाँ प्रवेश गर्ने बित्तीकै कुनैपनि राजनैतिक गन्ध आउनुहुन्न् र यहाँ पक्षपोषण तथा स्वार्थको कुरा पनि आउनु हुंदैन । यो विद्याको मन्दीर हो, म पढन आएको हो, म विद्यार्थी हो, म ज्ञान लिन आएको हो, मलाई अरु कुनै कुराको मतलब छैन भनेर तपाँईहरुले मिहिनेत गरेर अध्ययन गर्नुप¥यो”

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले महिला विद्यालय तारकेश्वर नगरपालिकालाई चिनाउने एउटा माध्यम रहेको बताँउदै विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिका हर किसिमको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उपप्रमुख बुर्लाकोटीले भन्नुभयो “अरु सामुदायिक विद्यालय भन्दा यो विद्यालय फरक छ । अरु विद्यालयमा ममी बुबाले पकाएको, हजुरबुबा, हजुर आमाले पकाएरको खाएर पढन जान पाइन्छ भने यहाँ सबैलाई खुवाएर आफु पनि खाएर सबै घरको कुरा सिध्याएर पढन आउने विद्यार्थीहरु यहाँ पढनुहुन्छ, त्यसैले पनि यो फरक छ ।”
महिला विद्यालयको सुधारका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा सदस्य उज्जवल अधिकारी अहोरात्र खटि रहेको बताँउदै उपप्रमुख बुर्लाकोटीले भन्नुभयो “उज्वल सर महिला विद्यालयको बिषयलाई लिएर अझ बढी हामीलाई घचघच्याई रहनु भएको छ, मलाई भनेर हुन्छ कि मेयर सापलाई भनेर हुन्छ कि उहाँ लागि रहनु भएको छ, उहाँलाई जति बेला पनि मनमैजु महिला विद्यालयको चिन्ता छ, त्यसैले गर्वको महसुस गर्नुस कि उहाँ जतिको जिम्मेवार व्यक्ति यस विद्यालयले व्यवस्थापन समितिको अध्यक्षको रुपमा पाएको छ, विद्यालयले पक्कै फडको मार्ने छ”
गृहेणीका रुपमा रहेका महिलाहरुलाई विद्यालय सम्म पढन आउन निकै चुनौति रहेको बताँउदै उपप्रमुख बुर्लाकोटीले भन्नुभयो “तपाँईहरुलाई पारिवारीक दायित्वका कारण यहाँ पढन आउन सजिलो पनि छैन, घरको टेन्सन, परिवारको टेन्सन सबै कुरा व्यवस्था गरेर तपाँईहरु यहाँ पढन आउनुहुन्छ, कतिपयको घरमा सासु ससुरा छन्, पढन आएको बेला कोहि बिरामी होलान, कक्षा छोडेर जानुपर्ने हुन्छ, यस्ता धेरै समस्याहरु छन, महिलाहरुलाई यो अवस्था सम्म आउन धेरै कुराहरु पार गरेर आउनुपर्ने हुन्छ । तर पनि तपाँईहरु एउटा आँट लिएर म पढेर केहि गर्छु भनेर पढन आउनु भएको छ त्यसैले मेरो नमन छ यहाँहरुलाई”

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले तारकेश्वर नगरपालिकाकै एक मात्र महिला विद्यालयको रुपमा रहेको मनमैजु महिला विद्यालयलाई वडा कार्यालयले पनि प्राथमीकतामा राखेर बजेट बिनियोजन गरिरहेको बताँउदै यस विद्यालय नगरपालिकाकै गौरबको विद्यालयको रुपमा रहेको बताउनुभयो ।

No description available.
कार्यक्रममा मनमैजु महिला विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य उज्ज्वल अधिकारीले महिला विद्यालयको गुणस्तरीय शिक्षाका लागि छिट्टै थप शिक्षक, शिक्षिकहरुको व्यवस्था गरिने बताँउदै यस आर्थिक बर्ष मा मात्र विद्यालयको पुर्वाधार विकासका लागि करिब ५० लाख रुपयाँ नगरपालिकाले बिनियोजन गरेको बताउनुभयो ।
महिला विद्यालयमा विद्यार्थीहरुको चाप बढन थालेको बताँउदै अध्यक्ष अधिकारीले शिक्षकको व्यवस्था भएलगतै कक्षाहरु बिभाजन गरेर अध्ययन गराइने बताउनुभयो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुले सन्देशमुलक नाटक तथा फेसन सो समेत गरेका थिए । २०६४ सालमा स्थापना भएको यस मनमैजु महिला विद्यालय तारकेश्वर नगरपालिकाको एक मात्र महिला विद्यालय हो । यस विद्यालयमा हाल कक्षा १ देखि कक्षा ७ सम्म १७५ महिलाहरु अध्ययनरत छन् । लामो समय देखि कक्षा ६ सम्म मात्र अध्ययन हुंदै आएको यस विद्यालयमा गत बर्ष देखि कक्षा ७ को पढाई सुरु भएको हो ।

No description available.

fgfg

No description available.

fg

प्रतिक्रिया दिनुहोस्

Array