अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं,  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्रामसहित धनकुटा छथर जोरपाटी गाउँपालिका-६ बस्ने ३३ वर्षीय नरेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ आपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसतासी नगरपालिका-३ बस्ने २६ वर्षीय सुवास तामाङ र सोही नगरपालिका-९ बस्ने ४० वर्षीय भिम प्रसाद तुम्बाहाम्फे रहेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ९१३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ भोर्लेनी चोक बस्ने २४ वर्षीय सोम प्रकाश लिम्बु र उनकै भाइ १९ वर्षीय सुजन लिम्बुलाई अवैध लागूऔषध गाँजा ३ केजी ५ सय ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बस्ने ५१ वर्षीय प्रकाश शाही समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले भैरहवाबाट बिर्तामोडतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी मोडबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १२ ग्राम ७ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ पिप्ले बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका-६ फापरबारी बस्ने २१ वर्षीया रूपा विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले दिपेन्द्रलाई १२ ग्राम ३ सय ४० मिलिग्राम र रूपालाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array