महेन्द्र रत्न क्याम्पसले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने ३ विद्यार्थी खेलाडीलाई बिदाइ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं, महेन्द्र रत्न क्याम्पसले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना ३ विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । त्यहाँ स्नातक तह प्रथम वर्षमा अध्ययनरत ३ जुडो खेलाडीलाई सफलताको शुभकामना दिदै क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि दवकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन् । उनीहरुसहित ८ जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दै छन् ।

सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् । प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।

प्रतिक्रिया दिनुहोस्

Array