बिपी राजमार्गमा भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएको गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल)ले जानकारी दिनुभयो ।

घाइते हुनेमा दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

यसै गरी सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।

सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array