एसियाली खेलकुद नेपालको विजयी सुरुआत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  हाङझाव एसियाडको महिला कबड्डीमा नेपालले सोमबार विजयी सुरुआत गरेको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन राष्ट्र रहेको यो समूहमा नेपाल र बंगलदेशसहित इरान छ । इरानले बंगलादेशलाई हराए नेपाल सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।

महिला कबड्डीमा जम्मा ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् ।

मेणुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो ।

प्रतिक्रिया दिनुहोस्

Array