एन आई सी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी बीच दुई पक्षिय सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं,  एन आई सी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी बीच क्यापिटलको “क्ष्म्भ्ब् तय क्ष्एइ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
एन आई सी एशिया क्यापिटलले “क्ष्म्भ्ब् तय क्ष्एइ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत ललितपुर महानगरपालिका, जावलाखेल ललितपुरमा रजिष्ट्रार कार्यालय रहेको नेशनल सोलार पावर कम्पनी लिमिटेडलाई क्यापिटलको “क्ष्म्भ्ब् तय क्ष्एइ” सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित नेशनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्काशन गर्ने प्राथमिक शेयर ९क्ष्एइ० सर्वसाधारणहरुमा सार्वजनिक निष्कासन गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ । कम्पनीले रु.१०० अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको छ । साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पु¥याएको छ ।

साथै क्यापिटलको “क्ष्म्भ्ब् तय क्ष्एइ” सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ्ग प्रमुख, श्री दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना ष्मभबतयष्उय२लष्अबकष्बअबउष्तब।िअयm मा सोझै सम्र्पक गर्न सकिने व्यहोरा समेत जानकारी गराउदछौं ।

प्रतिक्रिया दिनुहोस्

Array