नेपालगञ्जमा दुई समूहबीच झडप स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

नेपालगञ्ज । तनावग्रस्त नेपालगञ्जमा सेना परिचालन गरिएको छ । दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुङ्गा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनका क्रममा झडप हुँदा ८ जना घाइते भएका छन् । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको छ । अहिले झडप रोकिएको छ । ठूलो सङ्ख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन् ।

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array