मेयर साहले खानेपानीमन्त्री यादवमाथि लगाएको आरोप झुठो हो भन्दै हरिपूर्वाकी उपमेयरसहित वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु मिडियामा आए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं,  सर्लाहीको हरिपुर्वा नगरपालिकाका उपप्रमुख, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, संघर्ष समितिका सदस्यहरुले मेयर विनोद साहले आफूले गरेको अनियमितता र भ्रष्टाचारलाई ढाकछोप गर्नको लागि अरुमाथि हिलो छ्याप्ने र गलत आरोप लगाउने गरेको स्पष्ट पारेका छन् । केही दिनअघि मेयर साहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विगत डेढ वर्षदेखि आफूहरुले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको र यसमा संघीय सरकारका खानेपानीमन्त्री महिन्द्र राय यादवको हात रहेको आरोप लगाएका थिए । मेयर साहले मन्त्री यादवमाथि आफ्नो पालिकालाई बन्धक बनाएको पनि आरोप लगाएका थिए ।
तर, मेयर साहले पत्रकार सम्मेलन गरेको दुई दिन बित्न नपाउँदै आज (शुक्रबार) सो नगरपालिकाकी उपमेयरसहित विभिन्न सरोकारवाला व्यक्तिहरुले क्लबमै पत्रकार सम्मेलन गरेर मेयर साहको गलत प्रवृत्तिको भण्डाफोर गरेका हुन् । उनीहरुले मेयर साहको कारण नगरको विकास निर्माणको काममा अवरोध भएको दाबी गरे । मेयर साहले संघीय सरकारका खानेपानीमन्त्री महिन्द्र राय यादवमाथि लगाएको आरोप झुटो रहेको उनीहरुको आरोप छ ।
आजको पत्रकार सम्मेलनमा सो नगरपालिकाकी उपमेयर सुमिन्त्रा देवी ग्वारिन, वडा नम्बर २ का अध्यक्ष दिनेश राय, वडा नम्बर ३ का अध्यक्ष प्रमोद राय यादव, वडा नम्बर ६ का अध्यक्ष रामसुभारत राय, वडा नम्बर ७ का अध्यक्ष उमेशकुमार यादव, कार्यपालिका सदस्यहरु राजिव ठाकुर, देवकल माझी, अनुरागदेव बैठा र उषाकुमारी, हरिपुर्वा नगरपालिका संघर्ष समितिका संयोजक विकाउ रायले आफ्नो धारणा राखेका थिए ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृतमा शम्भु रायको मोह देखाएको र अरु गए नमान्ने अडान लिनुको पछाडि भ्रष्टाचार गर्ने नियत भएको उनीहरुको साझा धारणा थियो । उनीहरुले बरु प्रमुख प्रशासकीय अधिकृतमा शम्भय रायबाहेक जो आएपनि हुने बताए ।
उनीहरुले आजको २१औं शताब्दीमा जनताबाट निर्वाचित मेयरले मनोमानी गरेर लोकतन्त्रलाई हसाउन नहुने धारणा राखे । उनीहरुले विकास निर्माणको काम र सुशासनको लागि मेयरलाई आफूहरुको तवरबाट कुनै असहयोग नरहेको जिकिर गरे ।
नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि महेश यादवले मेयर साह काठमाडौंमा आएर पत्रकार सम्मेलन गरेर अरुलाई दोष लगाउनु नै हाँस्यास्पद भएको टिप्पणी गरे । उनले समस्याको समाधान छलफल गरेर गरिनुपर्नेमा जोड दिए । मेयर साहको गलत प्रवृत्तिको कारण अहिले नगरको विकासको काममा अवरोध भैरहेको उनको आरोप छ ।
यस्तै, सर्लाही २ नम्बर क्षेत्रको प्रदेशको लागि २ (क) बाट स्वतन्त्र उम्मेदवार बनेको वीरेन्द्र प्रसाद अधिकारीले पनि आफ्नो धारणा राखेका थिए । उनले पनि नगरको विकासको लागि मेयर साह गम्भीर हुनुपर्ने र अरुलाई आरोप लगाउँदै हिँड्नुभन्दापनि सबैको आवाज सुन्नुपर्नेमा जोड दिए ।
वडा अध्यक्ष दिनेश रायले त मेयर साहले अहिले खानेपानी मन्त्री यादवमाथि विहान उठ्नेबित्तिकैदेखि राति सुत्ने बेलासम्म आरोपमात्रै लगाउने काम गरेको टिप्पणी गरे । मेयर साहको चालचलन र आचरण ठीक नरहेको संघर्ष समितिका प्रतिनिधिको आरोप छ । आजको पत्रकार सम्मेलनको सञ्चालन भने रामदरेश रायले गरेका थिए ।
कसले के भने भिडिओमा सुन्नुहोस ः

प्रतिक्रिया दिनुहोस्

Array