भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी  ।

पटक पटक चार रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान छ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

Array