श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको चोटमा परेका दीपक बोहोरा खबर सुन्नासाथ बेहोस भएका दिपक घर आएलगत्तै भावविह्वल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ कार्तिक २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं । श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको चोटमा परेका मुगु छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँका दीपक बोहोरा शनिबार कतारबाट घर आइपुगेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा उनी कतारमा थिए । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान लिएर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । खबर सुन्नासाथ बेहोस भएका दिपक घर आएलगत्तै भावविह्वल भएका छन् ।’

दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा परिवारको फोटो सेन्ट भएको र लगत्तै आफूले दुईपटकसम्म कल गर्दा फोन नउठेको उनले सुनाए । केही समयपछि अर्को नम्बरमा फोन गर्दा पनि अफ भएको उनको भनाइ छ ।’

प्रहरीले ८ कात्तिक राति नै हत्या भएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले १० कात्तिकमा मात्र घटनाको जानकारी पाएको थियो । श्रीदेवी आफ्ना तीन सन्तानसँग दशैंको टीका थाप्न माइतीगाउँ गएको छरछिमेकी सबैलाई जानकारी थियो । १० कात्तिक बिहानसम्म घरमा ताला लगाएको छिमेकीले देखेपछि उनकी माइजू रेशा बोहराले श्रीदेवीको माइतीघरमा फोन गरेर भान्जीको घरमा ताला लगाएको जानकारी गराएकी थिइन् । उताबाट चारैजना ८ कात्तिकमै आफ्नो घर फर्केको खबर आएपछि छिमेकीले ताला फोडेर घरभित्र हेर्दा चारैजनाको शव देखेपछि तत्कालै प्रहरीलाई फोन गरेर जानकारी गराएको छिमेकी भक्तबहादुर बोहराले बताए ।’

vishwoghatana

प्रतिक्रिया दिनुहोस्

Array