दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् । दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप भएको हो ।
प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

अहिले बल्खु एरिया प्रहरीको नियन्त्रणमा छ। काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array